राष्ट्र बैंकद्धारा नयाँ नोट जतनसाथ प्रयोग गर्न आग्रह
६ कार्तिक २०८०, सोमबार १२:४४

काठमाडौं । नयाँ नोटको वितरणसँगै राष्ट्र बैंकले बैंक नोट जतनसाथ प्रयोग गर्न आग्रह पनि गरेको छ। नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरेर नयाँ नोट बैंकहरुबाट सटहीको व्यवस्था पनि गरेको थियो। प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० गरी १८ हजार ५०० रुपैयाँ नयाँ नोट सटहीको व्यवस्था गरिएको थियो।
सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा आउन् भन्ने उद्देश्यले राष्ट्र बैंकले सफा नोट प्रयोग गर्ने नीति लिएको छ। केन्द्रीय बैंकले भनेको छ, ‘नोट हाम्रो सभ्यताको पहिचान भएकोले नोटलाई जतनसाथ प्रयोग गर्नु हामी सबैको कर्तव्य हो।’











