नेप्सेमा दुई विकास बैंकको शेयरमूल्य समायोजन

१० मंसिर २०८०, आईतवार १७:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य आइतबार समायोजन भएको छ । बैंकहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको हो ।

नेप्सेले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०।५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य ३५२.९४ रुपैयाँ कायम गरेको छ । आइतबार नेप्सेमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

त्यस्तै, नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको छ । समायोजनपछि कम्पनीको सेयर मूल्य २८०.९५ रुपैयाँ कायम भएको छ । आइतवार नेप्सेमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

अब उक्त समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा ती कम्पनीको बैंकको सेयर कारोबार हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*