एनआईसी एशिया ग्रोथ फण्डले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य कति पुग्यो ?

१३ मंसिर २०८०, बुधबार १६:४५

काठमाडौं । एनआईसी एशिया ग्रोथ फण्डले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्ड कात्तिक मसान्तमा रू। २ करोड ७६ लाख नाफा कमाएको छ । यो नाफा असोज मसान्तको तुलनामा १६ प्रतिशत कमी आएको हो ।

सो अवधिमा फण्डले रू। ३ करोड २९ लाख नाफा कमाएको थियो । कात्तिकमा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो । असोज मसान्तमा फण्डको जम्मा आम्दानी रू। ३ करोड ७६ लाख रहेकोमा कात्तिक मसान्तमा रू। ३ करोड ३७ लाखमा सीमित भएको हो ।

त्यस्तै फण्डले कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू। ५५ करोड ५७ लाख लगानी गरेको छ । यो लगानी असोज मसान्तमा रू। ५५ करोड ४४ लाख थियो । फण्डको न्याभ असोजको तुलनामा कात्तिकमा केही घटेको छ । असोज मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ५० पैसा रहेकोमा कात्तिक मसान्तमा घटेर १० रुपैयाँ ३९ पैसा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*