राष्ट्र बैंकको नीति हेरफेरले ४ वाणिज्य बैंकले घटाए ब्याज, मसान्तमा फेरि पुनरावलोकन गर्न सक्ने

२६ मंसिर २०८०, मंगलवार ११:४३

काठमाडौं । मंसिर मसान्त अगावै चार वाणिज्य बैंकले घटाए ब्याजदर घटाएका छन् । नेपाल राष्ट्र बैंकले नीतिगत र बैंक दर घटाएपछि चार वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका हुन् । उनीहरुले मुद्दति निक्षेपसहित बचत खाताको ब्याज दर समेत तल झारेका छन् ।

नेपाल राष्ट्र बैंकले गएको शुक्रबार (२२ मंसिर) चालु वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारेको थियो । राष्ट्र बैंकले नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा ल्याएको छ । निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको छ ।

मंगलबार माछापुच्छ्रे बैंकले साधारण मुद्दती निक्षेपको ब्याजदर एक प्रतिशत बिन्दुले घटाएको छ । माछापुच्छ्रेले १०.६ प्रतिशत रहेको निक्षेपको ब्याज ९.६ प्रतिशत कायम गरेको छ । उसले बचत खाताको ब्याज पनि घटाएको छ ।
कुमारी बैंकले मौद्रिक समीक्षा आएको भोलिपल्टै १०.०१ प्रतिशतको ब्याजलाई घटाएर ९.६१ प्रतिशतमा झारेको थियो ।

एनएमबि बैंकले ब्याज ९.७६ प्रतिशतबाट ९ प्रतिशतमा झारेको छ । एनआइसी एशियाले समेत ८.९६ प्रतिशतको ब्याज दरलाई मंसिर २४ गते सूचना जारी गरेर ८.६७ प्रतिशत कायम गरेको थियो ।

राष्ट्र बैंकले नीतिगत दरहरु परिवर्तन गरेका खण्डमा तत्कालै परिवर्तन गर्न सकिने भएपनि यी बैंकले पुनः मसान्तको दिन ब्याज पुनरावलोकन गर्न सक्ने बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*