तरलता अधिक भएपछि बैंक-वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

२८ मंसिर २०८०, बिहीबार ०८:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

बैंकले मंसिर २८ गते बिहीबार बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलन उपकरण मार्फत् २० अर्ब रुपैयाँ तान्ने जनाएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आइरहेको छ । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो। साँवा र ब्याज भुक्तानी मिति पुस १२ गते तोकिएको छ।

यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण गरिनेछ। बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्ने राष्ट्र बैंकले बताएको छ।

1.-DC_Issue-Notice-2080.08.28

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*