२६ प्रतिशतले बढ्यो रेमिट्यान्स, पौने पाँच खर्ब भित्रियो

२८ मंसिर २०८०, बिहीबार १३:४७

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनामा ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि कार्त्तिकसम्ममा सो रकम बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो ।

जुन अघिल्लो वर्षको तुलनामा २६ दशमलव ४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २० दशमलव ४ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलव १ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव ८ प्रतिशतले बढेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*