आर्थिक संकटका बीचमा देखियो सुनौलो आशा, विदेशी मुद्रा संचिती अहिलेसम्मकै उच्च

२८ मंसिर २०८०, बिहीबार १३:५९

काठमाडौं । आम सर्वसाधारणले अहिले पनि आर्थिक संकटबाट मुक्त पाएको अनुभूति गर्न सकेका छै्रनन् । रोजगारी घटेको, आर्थिक समस्या परेको र कृषि उत्पादन समेत बिक्री नभएर मिल्क होलिडेको मारमा परिरहेको सन्दर्भमा नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चार महिनाको तथ्याङ्क अनुसार हालसम्मकै उच्च विदेशी विनिमय संचिती रहेको तथ्य उजागर गरेको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कार्तिक महिनासम्म नेपालको कूल विदेशी मुद्रा विनिमय संचिती १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको यसले आगामी ११ महिनासम्मको आयात धान्न पर्याप्त हुनेछ ।

नेपालको इतिहासमा यति धेरै विदेशी मुद्रा संचिती भएको सम्भवतः यो पहिलो पटक हो । रेमिट्यान्समा लगातार भइरहेको बृद्धिले नेपालको संकटपूर्ण अर्थतन्त्रमा नयाँ आशा पलाएको छ ।
तथ्याङ्कमा सुधार भइसकेकोले नियामकीय कडाईका कारण मात्रै अर्थतन्त्र संकुचनमा आएको र कुनै पनि दिन नेपाली अर्थतन्त्रले गति समाप्न सक्ने स्पष्ट देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*