सुधारको बाटोमा अर्थतन्त्र, महँगी घट्यो, रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा उच्च बृद्धि (वर्तमान आर्थिक स्थितिको पूर्ण पाठसहित)

२८ मंसिर २०८०, बिहीबार १४:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०।८१ को पहिलो चार महिनाको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले जारी गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको कार्तिक महिनामा ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि कार्त्तितकसम्ममा सो रकम बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो । जुन अघिल्लो वर्षको तुलनामा २६ दशमलव ४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २० दशमलव ४ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण अर्थात् रेमिट्यान्स आप्रवाह २३ दशमलव १ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव ८ प्रतिशतले बढेको थियो । साथै, कार्तिक महिनासम्म नेपालको कूल विदेशी मुद्रा विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको यसले आगामी ११ महिनासम्मको आयात धान्न पर्याप्त हुनेछ ।

नेपालको इतिहासमा यति धेरै विदेशी मुद्रा सञ्चिति भएको सम्भवतः यो पहिलो पटक हो । रेमिट्यान्समा लगातार भइरहेको बृद्धिले नेपालको संकटपूर्ण अर्थतन्त्रमा नयाँ आशा पलाएको छ । तथ्याङ्कमा सुधार भइसकेकोले नियामकीय कडाईका कारण मात्रै अर्थतन्त्र संकुचनमा आएको र कुनै पनि दिन नेपाली अर्थतन्त्रले गति समाप्न सक्ने स्पष्ट देखिएको छ ।

सार्वजनिक विवरणअनुसार गत कार्तिक मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५ दशमलव ३८ प्रतिशत छ । गत वर्षको सो अवधिको तुलनामा भने मुद्रास्फीति २.७ प्रतिशत बिन्दुले कम हो । गत वर्षको यस अवधिमा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत थियो ।

त्यस्तै चालु आर्थिक वर्षको असोज महिनासम्म पनि वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५ प्रतिशत रहेको थियो । यता, सरकारले चालु आर्थिक वर्षका लागि मुद्रास्फीति साढे ६ प्रतिशतभित्र काय राख्ने लक्ष्य राखेको छ । सरकारको लक्ष्यभन्दा भन्दा पनि कम मुल्यबृद्धि भएको हो ।

चालु यसअवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ं दशमलव ०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४ दशमलव ८९ प्रतिशत रहेको छ

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Four-Months-data-of-2023.24

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*