कुमारी बैंकले फेरि घटायो ब्याजदर

२९ मंसिर २०८०, शुक्रबार १०:३६

काठमाडौं । कुमारी बैंकले फेरि ब्याजदर घटाएको छ । बैंकले पुस १ गतेबाट लागु हुने गरि निक्षेपको ब्याजदर फेरि घटाएको हो। कुमारी बैंकले साता मै दोस्रो पटक व्याज घटाएको हो । चालू आर्थिक वर्षको मौद्रिक समीक्षा जारी भएको भोलिपल्टै शनिबार कुमारीले १०.०१ प्रतिशतको व्याजलाई घटाएर ९.६१ प्रतिशतमा झारेको थियो ।

राष्ट्र बैंकले नीतिगत दर हेरफेर गरे बैंकहरुले उत्तिनै बेला आफ्नो व्याज तलमाथि गर्न सक्छन् । नभए मसान्तसम्म व्याज सार्वजनिक गर्नु पर्ने हुन्छ । कुमारीले पुस १ गतेबाट लगू हुने शुक्रबार फेरि व्याज घटाएको सूचना निकालेको छ । बैंकले ५ वर्षभन्दा माथिको निक्षेपको व्याज अधिकतम ९.३१ प्रतिशत तोकेको छ, जुन गएको शनिबारको भन्दा अलिक कम हो ।

कुमारीले एक वर्षसम्मको व्याज ७.७५ प्रतिशत तोकेको छ । बैंकको कार्तिकको आधार दर १०.७७ प्रतिशत छ । उसले ४.१४ प्रतिशत स्प्रेडमा काम गरेको जनाएको छ । यो स्प्रेड कार्तिकको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*