ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र सिईओले कति लिन्छन् बार्षिक तलब भत्ता ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १७ औँ वार्षिक साधारणसभाबाट संचालक समितिको बैठक भत्ता बढाइएको छ । यस अघि संचालक समितिको बैठक भत्ता अध्यक्षलाई प्रति बैठक भत्ता १७ हजार र अन्य संचालकलाई प्रति बैठक भत्ता १५ हजार रुपैयाँ रहेको थियो ।
अहिले साधारणसभाबाट बढाएर संचालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता ३० हजार रुपैयाँ र अन्य संचालक समितिलाई प्रति बैठक भत्ता २५ हजार रुपैयाँ पुर्याइएको छ ।त्यसै गरी यस अघि संचालकहरुलाई यातायात सञ्चार तथा पत्रपत्रिका सुबिधा भत्ता बापत मासिक १० हजार प्रदान गरिदै आएकोमा अहिले बढेर मासिक ५० हजार रुपैयाँ पुर्याइएको छ ।
ग्लोबल आइएमई बैंकका सिइओले आर्थिक वर्ष २०७९/८० मा १ करोड ५५ लाख १ हजार ६ सय रुपैयाँ तलव भत्ता बुझोका छन् । बैंकको सिइओमा रत्नराज्य बज्राचार्य रहेका छन् । सिइओ बज्राचार्यले तलव ७५ लाख ९६ हजार, भत्ता ५० हजार ४० हजार, सञ्चय कोष ७ लाख ५९ हजार ६ सय, बिदा बापतको भुक्तानी १० लाख ५३ हजार, दशैं त्ता १० लाख ५३ हजार बुझेका छन् ।











