एनएमबी बैंकले घटायो ब्याजदर, कुनमा कति?

१ पुष २०८०, आईतवार ११:२८

काठमाडौं । एनएमबी बैंक लिमिटेडले पुस महिनाका लागि नयाँ ब्याजदर तोकेको छ। बैंकले आजै (पुस १ गते) देखि लागु हुने गरी ब्याजदर सार्वजनिक गरेको हो।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतममा ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।

बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतममा ९ प्रतिशतसम्म र संस्थागततर्फ ७ प्रतिशतसम्म अधिकतम ब्याजदर कायम गरेको छ। यस बैंकले अघिल्लो महिनामा व्यक्तिगततर्फ अधिकतममा ९.७६ र संस्थागततर्फ अधिकतममा ७.७६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*