प्रभु बैंकले घटाएन मुद्दति निक्षेपको ब्याजदर
१ पुष २०८०, आईतवार १२:२७

काठमाडौं । प्रभु बैंक लिमिटेडले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । यस बैंकले मंसिर महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई पुसमा पनि निरन्तरता दिने भएको हो ।
प्रभु बैंकले साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतममा ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
प्रभु बैंकले पुस महिनाका लागि मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ९ प्रतिशत ब्याजदर तोकेको छ । यस बैंकले मंसिर महिनामा पनि सोही ब्याजदर तोकेको थियो ।












