सानिमा बैंकले पनि घटाएन मुद्दति निक्षेपको ब्याजदर
१ पुष २०८०, आईतवार १३:४६

काठमाडौं । सानिमा बैंक लिमिटेडले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । यस बैंकले मंसिर महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई नै कायम राखि ब्याजदर सार्वजनिक गरेको होे ।
सानिमा बैंकले पुस महिनाका लागि मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ९ प्रतिशत ब्याजदर कायम गरेको छ । यस बैंकले मंसिर महिनामा पनि मुद्दति निक्षेपमा सोही व्याजदर निर्धारण गरेको थियो ।












