बैंकहरुको बेसरेटमा कमी आईरहेको छ, आगामी दिन सहज हुने देखिएको छः डेपुटी गभर्नर

१ पुष २०८०, आईतवार २१:४०

काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुको बेसरेटमा कमी आईरहेकाले आगामी दिनमा उद्योगी व्यवसायीका लागि थप सहज हुने बताए । उनले वित्तीय संस्थाबाट जुन उद्देश्यका लागि कर्जा लिएको त्यसैमा लगानी गरेर कर्जा लगानीका क्षेत्र परिवर्तन नगर्न उद्योगीलाई आग्रह गरेका छन् ।

उद्योग संगठन मोरङले आयोजना गरेको वर्तमान आर्थिक परिदृष्यः चरम निराशा कि नयाँ सम्भावनाको टर्निङ पोईन्ट रुु विषयक अर्थ संवाद कार्यक्रममा मिश्रले उत्पादनमूलक उद्योगमा लगानी गर्नु सुखद पक्ष भएपनि उक्त क्षेत्रले भोग्नुपरेको अनेकौ चुनौतीको निराकरणका लागि सबैपक्षको सहकार्य आवश्यक रहेको बताए ।

मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने पर्यटन, विद्युत, कृषि, सूचना प्रविधि, सिमेन्ट जस्ता सेवा तथा उत्पादन मूलक उद्योगमा लगानी केन्द्रित गर्न आग्रह गर्दै मिश्रले साना उद्योगमा लगानी गरी निर्यात गर्न चाहने उद्योगलाई वित्तीय संस्थाले सरल रुपमा कर्जा प्रवाहको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

देशको व्यापार घाटा न्यूनीकरणका लागि विलासिताका वस्तु उपभोगमा उपभोक्ता स्वयं सजग भई त्यस्ता वस्तुको आयातलाई निरुत्साहित गर्न अनुरोध गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*