नेपाल इन्भेष्टमेन्ट बैंकलाई ऋणपत्र जारी गर्न बोर्डले दियो अनुमति
५ पुष २०८०, बिहीबार १४:५७

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई ऋणपत्र निष्काशनका लागि अनुमति दिएको छ ।
बैंकले ४ अर्ब ४ करोड बरारबको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । अब कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने छ ।
बैंकले कुल कित्तामध्ये १६ लाख १६ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख २४ हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु कयापिटल छ ।











