हिमालयन लघुवित्तद्वारा बीमितको घरमै पुगेर बीमा दावी भुक्तानी
५ पुष २०८०, बिहीबार १६:१४

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा दावी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीको खरचुहिया शाखा कार्यालयले बीमितलाई दावी बापतको १ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको हो ।
कम्पनीको खरचुहिया शाखा कार्यालयले संस्थाका सदस्य अनु कुमारी चौधरीको बीमा गरेको थियो । संस्थाले एक कार्यक्रम आयोजना गरी कम्पनीको खरचुहिया शाखाका प्रमुख महेश प्रसाद चौधरीले बीमा दावी वापतको चेक बीमितका श्रीमान राम किसुन चौधरीलाई हस्तान्तरण गरेका हुन् ।
बीमा दावी भुक्तानी कार्यक्रमलाई सम्बोधन गर्दै कार्यालय प्रमुख चौधरीले बीमा दावी वापतको रकमले सदस्यको आर्थिक समस्या सामाधान गर्न सहयोग पुग्ने बताएका छन् ।











