कृषि विकास बैंकको सञ्चालकमा अर्थका सहसचिव आचार्य नियुक्त

६ पुष २०८०, शुक्रबार ११:२७

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव महेश आचार्य नियुक्त भएका छन् ।

बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले नवनियुक्त सञ्चालक आचार्यलाई सञ्चालक समिति सदस्यको रुपमा शपथ ग्रहण गराएको हो ।

नेपाल सरकारको मन्त्रीस्तरीयको मंसिर २४ को निर्णयले आचार्य बैंक सञ्चालक समितिको सदस्यमा चयन भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*