मर्जर प्रस्तावसहित प्राइम बैंकले डाक्यो साधारण सभा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले १६ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकको पुस ६ गते बसेको संचालक समितिको बैठकले पुस २९ गते आइतबार अमृतभोग क्याटर्स डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो ।
उक्त सभाले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन गर्नका लागि संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्नेछ । त्यस्तै, प्रबन्धपत्र वा नियमावली संशोधन गर्नका लागि संचालक समितिलाई अख्तियारी दिनेछ ।
त्यसैगरी, सभाले गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । साथै, बैंकले चालु आवको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
सभा प्रयोजनार्थ बैंकले पुस १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।











