एनआईसी एशिया लघुवित्तको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
कम्पनीको कन्चनपुर, बोडगाउँ, कन्चन, रामापुर, गोबरैया, बेलाशपुर बान्डुसेन शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।
दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवा सम्बन्धि ज्ञान, व्यवसाय व्यवस्थापन आदि जस्ता कुराहरुमा चेतना बृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने बिषय कार्यक्रमा सुझाएको थियो ।
महिला तथा छात्रछात्रामा वित्तीय चेतना अभिबृद्धि गराउने उद्देश्यले कम्पनीले सुदूर पश्चिम प्रदेश कलुवापुर उपप्रदेश अन्तर्गत रौलेश्व माध्यामिक विद्यालयष्का चवन्निबजार का ६८ भन्दाबढि विद्यार्थी तथा कन्चन, रामापुर, गोबरैया, बेलाशपुर, बान्डुसेन, कन्चनपुर अन्तर्गतका १८६ जना महिलाहरुमा वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको कम्पनीले बताएको छ।











