जीबी राईसहित चारजनाविरुद्ध डिफ्युजन जारी गर्न नेशनल सेन्ट्रल ब्यूरोमा पत्राचार

पोखरास्थित सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु ९जीबी० राईविरुद्ध ईन्टरपोलमार्फत डिफ्युजन नोटिश जारी गर्न प्रहरीले प्रक्रिया थालेको छ । जीबी राईसहित ४ जनाविरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालयस्थित नेशनल सेन्ट्रल ब्यूरो ९एनसिबी०मा पत्राचार गरिएको छ ।
अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन ९ईन्टरपोल० मार्फत डिफ्युजन नोटिश जारी गरिन्छ । प्रहरी प्रधान कार्यालयस्थित नेशनल सेन्ट्रल ब्यूरो ९एनसिबी० काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सो नोटिश जारी हुन्छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखालाई पुस ५ मा पत्राचार गरेको थियो । प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतका अनुसार एनसिबी काठमाडौँले इन्टरपोल महासचिवालयलाई पत्राचार गरिसकेको छैन ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्य दर्शन सहकारीका वर्तमान अध्यक्ष बाग्लुङ्ग घर भएका थान बहादुर बुढामगर, ओखलढुंगा घर भएका पूर्वअध्यक्ष भुपेन्द्र राई र पूर्वसदस्य शिव बहादुर गुरुङविरुद्ध डिफ्युज जारी गर्न पत्राचार गरेको छ ।











