अन्तिम दिन अपर तामाकोशीको लिलामी शेयरमा आवेदन दिनेको यस्तो थियो भीड
१ माघ २०८०, सोमबार १५:३५

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले गत पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारणतर्फको शेयर लिलामीमा ल्याएको थियो । कम्पनीले ल्याएको उक्त लिलामी शेयर भर्न सनराइज क्यापिटलमा लगानीकर्ताको भीड देखिएको हो ।
कम्पनीले अवितरित सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । जसको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको थियो ।












