तेह्रथुम पावर र ग्लोबल आइएमई लघुवित्तको शेयरमा चर्काे गिरावट, अन्य कुनको घट्यो सर्वाधिक?
४ माघ २०८०, बिहीबार १५:१२

काठमाडौं । बिहीबार तेह्रथुम पावर कम्पनी र ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्यमा चर्काे गिरावट आएको छ । यस दिन यी कम्पनीहरुको शेयरमूल्य क्रमशः ९.४३ र ७.३० प्रतिशतले घटेको हो ।
त्यस्तै, थ्री स्टार हाइड्रोपावरको शेयरमूल्य ७.१९ प्रतिशतले घटेको छ । आज प्रभु स्मार्ट फण्ड, नेपाल वेयरहाउजिङ कम्पनी, ९% नेपाल एसबीआई बैंक ऋणपत्र २०८९, अप्पर तामाकोशी, सानापुर मिनरल्स, रावा इनर्जी र कुमारी धनबृद्धि योजनाको शेयरमूल्य सर्वाधिक घटेको छ ।












