हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको आकर्षण, २० कम्पनीको शेयरमूल्य पाँच सय माथि

४ माघ २०८०, बिहीबार १७:३३

काठमाडौं । साता कारोबारको अन्तिम दिन हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ । बिहीबार २० वटा हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य ५०० रुपैयाँमाथि रहेको छ ।

यस दिन हाइड्रोपावर सेक्टरबाट कुल ९१ सूचीकृत कम्पनीहरु नेप्से कारोबारमा आएका छन् । जसमध्ये ७१ कम्पनीहरुको शेयरमूल्य बढ्यो भने बाँकीका २० कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

बिहीबार दुई हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज रिडी पावर कम्पनी र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको हो । यस दिन जम्मा १३ हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य पाँच प्रतिशत भन्दा धरैले बढेको छ ।

आज तेह्रथुम पावर कम्पनी र थ्री स्टार हाइड्रोपावरको शेयरमूल्यमा चर्काे गिरावट आएको छ । यी दुई कम्पनीहरुको शेयरमूल्य क्रमशः ९.४३ र ७.१९ प्रतिशतले घटेको हो । यस दिन ११ हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य एक प्रतिशतभन्दा धेरैले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*