नबिल स्टक डिलरको वित्तिय अवस्था कस्तो छ ?
५ माघ २०८०, शुक्रबार १३:०५

काठमाडौं । नबिल स्टक डिलरले दोस्रो त्रैमाससम्म ६ करोड ६७ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यस स्टक डिलरले असार महीनामा भने रू। ५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो । सार्वजनिक भएको वित्तीय विवरण अनुसार डिलरको सञ्चालन आम्दानी रू। ९ करोड ५८ लाख रहेको छ ।
अन्य आम्दानी रू। ९ लाख ६३ हजार रुपैयाँ छ । रू।१ अर्ब ५२ करोड चुक्ता पुँजी रहेको यस कम्पनीको रिजर्भमा रू।१२ करोड ६६ लाख जम्मा रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७८ पैसा छ । प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ३३ पैसा रहेको देखिएको छ ।











