नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी डा. नबराज अधिकारीलाई, अर्थमन्त्रालयले दियो पत्र

७ माघ २०८०, आईतवार १५:२८

काठकाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी बरिष्ठ कर्मचारीको हैसियतमा डा। नबराज अधिकारीलाई दिएको छ ।आज अर्थ मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै बोर्डका बरिष्ठ कर्मचारीको रूपमा निमित्त अध्यक्षको काम गर्न भनेको हो ।

निवर्तमान अध्यक्ष रमेश हमालको पदावधी सकिएपछि अध्यक्ष पद रिक्त भएकोले नयाँ अध्यक्षको नियुक्ती नहुँदासम्म बोर्डको दैनिक प्रशासन र सञ्चालक समितिको बैठक बोलाउने अधिकार तोकिएको हो ।

अर्थ मन्त्रालयले आजै अपरान्ह बोर्डका बरिष्ठ कार्यकारी निर्देशक डा। नबराज अधिकारीलाई पत्र दिएको छ । गत पुस २१ गतेदेखि नेपाल धितोपत्र बोर्ड नेतृत्व विहिन बनेको थियो । अर्थ मन्त्रालयले बोर्डमा अध्यक्षको जिम्मेवारी कसलाई दिने भन्ने अन्योल अन्त्य गर्दै आज पत्र दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*