घलेम्दी हाइड्रोपावरको ३२ लाख कित्ता सेयर लिलामीमा बिक्री खुला
९ माघ २०८०, मंगलवार १०:२४

काठमाडौँ । घलेम्दी हाइड्रोपावरले आज अर्थात माघ ९ गतेदेखि सेयर लिलामीमा ल्याएको छ। कम्पनीले ३२ लाख १७ हजार ७२४ कित्ता सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोेकेको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
सेयर खरिद गर्ने चाहने इच्छुकले आवश्यक कागजात संकलन गरी माघ २३ गते भित्र बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलमा आवेदन दिन सकिनेछ ।












