माथिल्लो तामाकोशी जलविद्युतको सेयर नपाउने आवेदकको रकम फिर्ता कहिले हुन्छ ?

९ माघ २०८०, मंगलवार १५:३०

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लिलामीको सेयर बाँडफाँडमा अन्तिम मितिको समय लम्बिएको छ।कम्पनीमा अत्याधिक आवेदन परेसँगै आवेदनको चेक सटही तथा आवेदनको रकमको तथ्यांक प्रशोधनमा समय लागेसँगै बाँडफाँडको मिति धकेलिएको हो ।

कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार बोलकबोल खुल्ला गरेको दिनदेखि नै सबै चेकहरु जम्मा गर्ने काम तिब्र रुपमा भईरहेको छ । साथै नगद जम्मा गरेर भौचर बुझाएका आवेदकको विबरण बैंक खातामा रुजु गरी रकम जम्मा भए नभएको यकिन गर्ने काम पनि भईरहेको छ ।

त्यसैगरी कनेक्ट आईपिएसबाट रकम जम्मा गरेका आवेदकहरुको पनि रिमार्क्समा उल्लेख भएको व्यहोरा अनुसार क्यापिटलको बैंक खातामा रुजु गर्ने काम भइरहेको छ ।

क्यापिटलले रिकन्सिलेशनका दौरान म्याच हुन नसकेका कारोबारलाई सम्बन्धित आवेदकसँग बैंक स्टेटमेण्ट माग गरेर तथ्यांकलाई अन्तिम रुप दिने जनाएको छ ।

सबै प्रकृया पुरा गर्नका लागि कम्तीमा एक साताको समय लाग्ने क्यापिटलले जनाएको छ । एक साता पछि रिकन्सिलेशनमा कुनै त्रुटी नभेटिएको खण्डमा यस अघिको प्रारम्भिक कटअफ अनुसार सेयर बाँडफाँड हुने क्यापिटलले जनाएको छ । यसका लागि कम्तीमा १० दिन लाग्ने क्यापिटलको अनुमान छ ।

क्यापिटलका अनुसार सेयर बाँडफाँड भएको १ सातामा मात्र सेयर नपाउनेहरुको रकम फिर्ता हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*