सुपर खुदी हाइड्रोपावरले ६९ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

१० माघ २०८०, बुधबार २१:३३

काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले अकित मूूल्य १०० रुपैयाँमा ६९ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गर्नेछ ।बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता पत्रमा सुपर खुदी हाइड्रोपावर लिमिटेडको तर्फबाट बरिष्ठ आयोजना प्रबन्धक रबि कुमार गौतम र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका हुन् ।

वि.सं. २०६५ सालमा प्रा.लि. को रुपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको सुपर खुदी हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय का.म.न.पा.वडा नंं. ३० डिल्लिबजार, चारखालमा रहेको छ । अधिकृत पूँजी १ अर्ब ७५ करोड रुपैयाँ र जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँ रहेको यस कम्पनीले ६९ करोड ७५ लाख रुपैयाँ बरावरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिकाको वडा नं. २, खुदीमा रहेको निर्माणाधिन माथिल्लो खुदी जलविद्युत आयोजनाले खुदी खोलाबाट २६ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी वि.सं.२०७८ साल बैशाखबाट आयोजनाको निर्माण कार्य थालनी गरेको हो । भविष्यमा थप हाईड्रोपावर क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको यस कम्पनीमा हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*