नागरिक लगानी कोषको मुनाफा बढ्यो, प्रतिशेयर आम्दानी घट्यो ?

२६ माघ २०८०, शुक्रबार ०७:५८

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कोषले ५४ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६।३८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषको यस्तो नाफा ५१ करोड ३२ लाख रुपैयाँ थियो।

आम्दानी बढेसँग कोषको खुद नाफा पनि बढ्न पुगेको हो। समीक्षा अवधिमा कोषको ब्याज आम्दानी ८।०७ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १२।०९ प्रतिशत बढेको छ। त्यसैगरी, कोषको कुल आम्दानी १०।८१ प्रतिशत बढेको छ भने कुल खर्च ३१।०२ प्रतिशत बढेको छ।

नाफा बढेपनि कोषको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कोषको यस्तो आम्दानी ३ रुपैयाँ ६० पैसा घटेर २० रुपैयाँ ५५ पैसामा सीमित भएको छ। कोषको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०७।७८ गुणा रहेको छ।

५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा २४ अर्ब ४१ लाख रुपैयाँ सञ्चित छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*