बैंकहरुले दिए माघको ब्याजदरलाई नै निरन्तरता

३० माघ २०८१, बुधबार १०:१८

काठमाडौँ । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश बैंकहरुले माघ महिनामा लागू भएको ब्याजदरलाई फागुनमा पनि यथावत राखेका छन्। बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औसतमा ६.००१ प्रतिशतविन्दु कायम रहेको छ, जुन माघ महिनाको दर ६.००१ रहेको थियो ।

ग्लोबल आइएमई बैंकले मुद्दति निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएको छ भने लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशत विन्दुले नै घटाएको छ ।

अहिले साधारण बचत खातामा एनआईशी एशिया बैंकले दिने ३.१० प्रतिशत ब्याजदर नै सर्वाधिक देखिएको छ भने अधिकांश बैंकको ब्याजदर ३ प्रतिशत नै छ ।

ब्याजदरमा गरिएको यो निरन्तरताले बचतकर्ता र ऋणीहरुका लागि खासै नयाँ परिवर्तन ल्याएको छैन। तर, पछिल्लो समय निरन्तर घटि रहेको ब्याजदर निकै तल्लो बिन्दुमा आइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*