भोलि बिदाका दिन समेत अधिकांश बैंक खुला रहने, कुन-कुन शाखा ?

काठमाडौं । छठ पर्वको अवसरमा सरकारले भोलि सोमबार सार्वजनिक बिदा दिए पनि अधिकांश वाणिज्य तथा विकास बैंकहरूले बैंकिङ सेवा उपलब्ध गराउने भएका छन्। बैंकहरूले ग्राहकको सुविधालाई ध्यानमा राख्दै देशका विभिन्न स्थानमा रहेका केही शाखा कार्यालय सञ्चालनमा राख्ने भएका हुन्।
सार्वजनिक बिदाका कारण नियमित बैंकिङ सेवा बन्द रहने भए पनि अत्यावश्यक सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले बैंकहरूले सीमित शाखामार्फत सेवा दिन लागेका हुन्। यसका लागि बैंकहरूले विभिन्न शाखा कार्यालयको समय र सेवा उपलब्ध हुने स्थानबारे सूचना जारी गरेका छन्।
बैंकहरूले सार्वजनिक गरेको सूचनाअनुसार ग्राहकले बिदाको दिन पनि तोकिएका शाखाबाट बैंकिङ सेवा लिन सक्नेछन्। कुन शाखा खुला रहने र सेवा सञ्चालनको समय कति हुने भन्नेबारे सम्बन्धित बैंकले जारी गरेको सूचनाबाट जानकारी लिन सकिनेछ।












