सिन्धु विकास बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, मर्जरमा जाने समेत तयारी

काठमाडौँ । सिन्धु विकास बैंकले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्रीको प्रस्ताव गरेको हो ।
बैंकको माघ २९ गते मंगलबार बसेको संचालक समितिको ४५० औं बैठकले एकैसाथ बैंकको चौधौं तथा पन्ध्रौं वार्षिक साधारण सभा फागुन २८ गते काभ्रेको धुलिखेल स्थित होटल मिरावलमा बस्ने निर्णय गरेको छ ।
बैंकले हाल कायम रहेको चुक्ता पुँजीमा २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । यस्तै, सिन्धु विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्ने जनाएको छ ।
1739336601387












