मन्दाकिनी हाइड्रोपावरको लक इन अवधि साउन १६ गते सकिने

१२ असार २०८२, बिहीबार १७:५७

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लक इन’ अवधि साउन १६ गते सकिने भएको छ । संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको शेयरको ‘लक इन’ अवधि सकिन लागेको हो ।

लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । सर्वसाधारणलाई सेयर बाँडफाँट गरेको मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ ।

कम्पनीले २०७९ साउन १७ गते सर्वसाधारणलाई आइपीओ बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्ष पूरा हुने भएपछि मन्दाकिनीको लक इन अवधि समाप्त हुन लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*