बीमा प्रााधिकरणका अध्यक्ष बन्न नपाएका पूर्वसचिव पुडासैनीलाई ओलीले नियुक्त गरे प्रशिक्षण प्रतिष्ठानमा

१५ असार २०८२, आईतवार १७:५४

काठमाडौं । सरकारले नेपाल बीमा प्रााधिकरणका अध्यक्ष बन्न नपाएका पूर्वसचिव रामशरण पुडासैनीलाई ५ महिनापछि अर्को निकायमा नियुक्त गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबल रहँदा पनि प्राधिकरणको अध्यक्ष हुन नपाएका पुडासैनीलाई सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त गरेको हो।

पुडासैनी हाल कृषि विकास बैंकको अध्यक्षका रुपमा कार्यरत छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*