राताम्य पुँजी बजारः डुब्दै लगानीकर्ताको करोडौ लगानी, दशैंको प्रभाव परेको हो ?

२२ भाद्र २०८२, आईतवार १५:०७

काठमाडौँ । शेयर बजार आज पनि ओरालो यात्रा कायम रहँदा लगानीकर्ताको करोडौं रकम डुबेको छ । लगातारको गिरावटले बजारमा नकारात्मक वातावरण सिर्जना भएको छ । दशैं नजिकिँदै गर्दा आवश्यक खर्चका लागि नगद प्रवाह जुटाउने उद्देश्यले लगानीकर्ता बेचबिखनमा सक्रिय बनेका कारण बजारमा दबाब बढिरहेको विश्लेषण गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गर्ने सिजन सुरु भए पनि यस पटक बजारले सकारात्मक लय समाउन सकेको छैन । विगतमा लाभांश सिजनले बजारमा हरियाली ल्याउने गरेकामा यस वर्ष भने लगातार राताम्य भइरहेको छ । यसले लगानीकर्ताको मनोबल थप कमजोर बनाएको छ ।

विश्लेषकहरूका अनुसार बजारमा संरचनागत कमजोरी, नियामकीय अनियमितता र सानो समूहको चलखेल नै स्थायीरूपमा दबाब बढाउने मुख्य कारण हुन् । यस्ता गतिविधिले दीर्घकालीन लगानी गर्ने नागरिकलाई जोखिममा पार्न थालेको भन्दै धेरैले आफ्नो लगानी योजना पुनः मूल्याङ्कन गर्नुपर्ने अवस्था आएको चिन्ता व्यक्त गरेका छन् । यसले आगामी दिनमा समेत बजारमा उतारचढाव कायम रहने देखिएकाले लगानीकर्ताले सतर्कता अपनाउनुपर्ने आवश्यकता विश्लेषकहरूले औंल्याएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.३२ अकंले घटेर २७०८.४५ बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको १ करोड ११ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड २७ लाख ६७ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन १० उपसूचक राताम्य भएका छन् । आइतबार वाणिज्य बैंक समूहको ०.६९ प्रतिशत, विकास बैंक समूहको ०.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७३ कम्पनीको घटेको छ ।

साताको पहिलो दिनः युनियन हाइड्रोमा झुम्मिए लगानीकर्ता, यी १० को सर्वाधिक कारोबार

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*