नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन अवधि थप

२२ आश्विन २०८२, बुधबार ०९:५९

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि निष्काशन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने अवधि थपिएको छ। अवधि थपेसँगै बैंकको हकप्रद शेयरमा अब कात्तिक ९ गतेसम्म आवेदन दिन सकिने भएको छ।

बैंकले गत भदौ ८ गतेसम्म कायम शेयरधनीहरूका लागि १ कित्ता बराबर १ कित्ताको अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङमा रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ सी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*