नेपाल रिका सञ्चालकद्वय दाहाल र प्रधानको राजीनामा स्वीकृत

२ कार्तिक २०८२, आईतवार १०:२२

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) का सञ्चालकद्वय बालकृष्ण दाहाल र एमिल प्रधानको राजीनामा स्वीकृत भएको छ।

कम्पनीको नियमावलीको नियम २७(ख) को व्यवस्था बमोजिम समूह ‘ख’ नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गरिरहेका दाहाल र प्रधानले असोज २ गते छुट्टाछुट्टै पत्र मार्फत राजीनामा बुझाएका थिए।

सञ्चालकद्वयले पेश गरेको राजीनामा कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनी सचिव शेखर पौडेलले जानकारी दिएका छन्।

1760687397581

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*