आलिताल युवा समाजका संयोजक बिष्टको नेतृत्वमा मौरि झोलुङ्गे पुल राष्ट्रिय झण्डा र धोजाले सझियो

काठमाडौँ । डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा नं ३ र ८ जोड्ने मौरि झोलुङ्गे पुल आज राष्ट्रिय झन्डा र धोजा पत्कासहित सुन्दर रूपमा सजाइएको छ। यस कार्यलाई आलिताल युवा समाजका संयोजक नबिन बिष्टको नेतृत्वमा सम्पन्न गरिएको हो।
अध्यक्ष बिष्टका अनुसार पुल सजाउने काम स्थानीय युवाहरूको सक्रिय सहभागिता र आर्थिक सहयोगको माध्यमबाट सम्भव भएको हो। ‘हामीले यस पुललाई मात्र सुन्दर बनाएको छैन, यसले स्थानीय पर्यटन प्रवर्द्धनमा पनि ठूलो योगदान पुर्याउनेछ। यहाँ आउने पर्यटकहरूले प्राकृतिक सौन्दर्यसँगै हाम्रो सांस्कृतिक पहिचानको अनुभव गर्न सकून् भन्ने उद्देश्य राखेका छौं’ अध्यक्ष बिष्टले भने।
पुलको सजावटले स्थानीयलाई मात्र नभई जिल्लाभरका आगन्तुकलाई आकर्षित गर्ने विश्वास व्यक्त गरिएको छ। यस अवसरमा स्थानीय व्यापारीहरूले पनि पुलको सुन्दरताको सराहना गर्दै आर्थिक सहयोग दिएका थिए।
स्थानीय युवाहरूको सामूहिक पहल, अध्यक्ष बिष्टको नेतृत्व र समुदायको समर्थनले यो कार्य सफल भएको हो। पुलको सौन्दर्य र आकर्षणले आगामी दिनमा पर्यटकहरूको लागि घुम्न लायक उत्कृष्ट गन्तव्यको रूपमा यस क्षेत्रको पहिचान बनाउने अपेक्षा गरिएको छ।
आलिताल युवा समाजको यो कदम स्थानीय विकास र पर्यटन प्रवर्द्धनतर्फ एउटा उदाहरणीय पहल मानिएको छ।













