सिंगटी हाइड्रो इनर्जीले हकप्रद निष्काशन गर्ने
९ मंसिर २०८२, मंगलवार १०:५४

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको मङ्सिर ८ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०८१र८२ को लागि घोषणा गरिएको बोनसपछि हुन आउने चुक्ता पुँजीको १स्१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो। कम्पनीले आयोजनाको ऋण तिर्न हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।
विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।













