गुम्दै बिवाईडी ब्रान्डको विश्वसनीयता, गुणस्तर समस्या कारण अन्तर्राष्ट्रिय बजारबाट लाखौं गाडी रिकल

काठमाडौँ । चीनको प्रमुख विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडी हाल आफ्नो उत्पादनमा देखिएको गुणस्तर समस्याका कारण अन्तर्राष्ट्रिय बजारमा बिक्री घटाउने र विश्वसनीयतामा प्रश्न उठाउने अवस्थामा पुगेको छ। कम्पनीले उत्पादन प्रक्रियामा आएको त्रुटि स्वीकार्दै लाखौँ सवारी फिर्ता बोलाइरहेको छ। यसले चीनभित्र मात्रै नभई विश्वव्यापी बजारमा बीवाईडीको छवि कमजोर बनाएको छ।
बीवाईडीले आफ्ना विभिन्न मोडलमा लगातार फिर्ता बोलाउने निर्णय गरेको छ। हाइब्रिड मोडल क्विन प्लस डीएम–आईका करिब ९० हजार सवारी फिर्ता बोलाइएको छ भने गत महिनामा मात्र करिब १ लाख १६ हजार विद्युत सवारी फिर्ता बोलाइएको थियो। फिर्ता बोलाइएका मोडलमा ट्याङ मोडलमा विद्युत मोड फेल हुने जोखिम र युआन प्रो मोडलमा ब्याट्रीमा पानी प्रवेश हुने समस्या पत्ता लागेको थियो।
उत्पादनमा लगातारको समस्याका कारण कम्पनीको व्यवस्थापन र निरीक्षण प्रक्रियामा पर्याप्त ध्यान नदिएको स्पष्ट देखिएको छ। बीवाईडीका सवारीको बिक्री बढ्दो भए तापनि गुणस्तर समस्याहरू निरन्तर बढेपछि कम्पनीको विश्वसनीयतामा प्रश्न उठ्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा गुणस्तर कमजोर देखिनु बीवाईडीको ब्राण्डमा दीर्घकालीन असर पार्ने खतरा रहेको छ ।
कम्पनीले डल्फिन र युआन प्लस मोडलमा निर्माण प्रक्रियामा त्रुटि स्वीकार गरेको छ। २०२४ सेप्टेम्बर ३० देखि चीनमा ९६ हजार ७१४ वटा डल्फिन र युआन प्लस सवारी फिर्ता बोलाइएको छ। बीवाईडीका अनुसार आगलागीको जोखिमका कारण उक्त सवारी फिर्ता बोलाइएको हो।
२०२३ को अप्रिल ७ देखि मे ३१ सम्म निर्मित १६,६६६ वटा सिगल ईभीहरूमा मल्टिमिडिया डिस्प्लेमा रहेको क्यामेरा ड्राइभरको सफ्टवेयरमा समस्या देखिएको थियो।
उत्पादन त्रुटि, ब्याट्री समस्या, ब्रेकिङ सिस्टममा कमजोरी र सुरक्षा फिचरको कमीबीच बीवाईडीले विश्व बजारमा प्रतिस्पर्धात्मक चुनौतीको सामना गर्नुपर्ने स्थिति सिर्जना भएको छ। कम्पनीका प्रतिस्पर्धीहरू गुणस्तर र विश्वसनीयतामा ध्यान केन्द्रित गर्दै आफ्नो बजार विस्तार गर्दैछन्। यसले बीवाईडीको विदेशी बजारमा हिस्सेदारी घट्दो छ ।
कम्पनीको स्थानिय बजार समेत कमजोर बन्दै गएको छ । चीनको पूर्वी सान्दोङ प्रान्तमा कम्पनीको सबैभन्दा ठूलो डिलर कियानचेङ होल्डिङ्सले सञ्चालन गरिरहेका कम्तिमा २० वटा स्टोर बन्द भएको छ । यसले गर्दा हजारौँ उपभोक्ताहरूले बिक्रीपछिको सेवा र वारेन्टी कभरेजमा समस्या भोग्नुपरेको छ ।
नेपालमा बीवाईडीको डिलर साइमेक्स इंकले सञ्चालन गर्दै आएको छ। केहि नेपालमा बिक्री वितरण हुने सवारी अन्तर्राष्ट्रिय बजारबाट गुणस्तरमा प्रश्न उठ्दै धमाधम रिकल हुँदा पनि नेपाली अटो बजारमा भने साइमेक्सले ति सवारी धमाधम बिक्री गर्दै आइरहेको हो ।
सम्बन्धीत समाचारः-
बिवाईडिद्वारा डल्फिन गाडीमा आगलागी समस्या रहेको स्वीकार, एक लाख गुणस्तरहीन सवारी फिर्ता गर्ने निर्णय
बिवाईडीको अन्तर्राष्ट्रिय बजारमा गुणस्तर समस्या, बिक्रीमा गिरावटको चुनौती
नेपाल आउने तयारीमा रहेको ‘बिवाईडी सिगल’ को सफ्टवेयरमा समस्या
बिवाईडीको गुणस्तरमा समस्या, ढुवानी गर्दा बाटोमा कुच्चिएपछि दुबई र युरोपमा हजारौँ गाडी बिक्री भएनन्
बीवाईडीलाई ठूलो झट्कास् डिजाइन र ब्याट्री जोखिमले गर्दा १ लाख १५ हजार सवारी फिर्ता
साइमेक्स इंकको ठगीधन्दा, एउटै बिवाईडी गाडीबाट २२ लाख रुपैयाँ ठगिँदै उपभोक्ता
बिवाईडि गाडीको ड्यास बोर्ड कनेक्सन गर्ने वायर नेपालमा नपाइने समस्या, सामान्य तारको साढे २ लाख असुली













