एक दर्जनभन्दा बढी यात्रु बोकेको बस उदयपुरमा दुर्घटना

११ फाल्गुन २०८२, सोमबार १३:२३

काठमाडौँ । उदयपुरको  उदयपुरगढी गाउँपालिका–७, अधेरी जोगी टोलमा सोमबार दिउँसो बस दुर्घटना भएको छ।

कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बा २ ख ६२५७ नं. ओखलढुङ्गे बस सडकमा ब्रेक फेल भएर करिब ३०–४० फिट तल खसेको हो।

दुर्घटनामा परी करिब एक दर्जन यात्रु घाइते भएका छन्। प्रहरी घटनास्थलमा पुगेको र थप विवरण संकलन भइरहेको जनाएको छ।

आज मात्रै पोखराबाट काठमाडौं आउँदै गरेको नाईटबस मध्यराति त्रिशुलीमा दुर्घटनामा पर्दा १९ जनाको निधन भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*