दाङको लमही-घोराही सडकमा बस दुर्घटना, ९ जना घाइते

११ फाल्गुन २०८२, सोमबार १३:३६

काठमाडौँ । दाङको लमही–घोराही सडकखण्डमा आज बिहान यात्रु बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा ९ जनाभन्दा बढी घाइते भएका छन्।

कपिलवस्तु, कृष्णनगरबाट तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको बस बिहान १० बजे चिसापानी क्षेत्र नजिक सडकबाट अनियन्त्रित भएको थियो। दुर्घटनामा ६ पुरुष र ३ महिला घाइते भएका हुन्।

घाइतेमध्ये ७ जनाको उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भइरहेको छ भने बाँकी २ जनाको उपचार लमही अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ। बस चालक केशरबहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*