उत्तर कोरियाका नेता किम जोङ उन सर्वसम्मत पार्टी महासचिव चुनिए

११ फाल्गुन २०८२, सोमबार १३:५७

काठमाडौं । उत्तर कोरियाको सत्तारूढ ‘वर्कर्स पार्टी अफ कोरिया’ले पुनः किम जोङ उनलाई पार्टीको महासचिवमा सर्वसम्मत चयन गरेको छ। आइतबार पार्टीको महासभाबाट किम जोङ पुनः चयन भएका हुन्।

किम परिवारले सन् १९४० को दशकको अन्त्यदेखि नै उत्तर कोरियामा शासन गर्दै आइरहेको छ। किम जोङ उन पार्टीको शीर्ष नेतृत्वमै कायम रहे तापनि महासभाको कार्यकारी समितिमा भने व्यापक मात्रामा फेरबदल भएको बताइएको छ।

सन् २०११ मा पिता किम जोङ इलको निधन भएपछि सत्तामा आएका किम जोङ उनले त्यहाँ निर्वाध रूपमा शासन सञ्चालन गर्दै आइरहेका छन्। उनले पार्टी, सरकार र सेनामाथि आफ्नो नियन्त्रण बलियो बनाउँदै आएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*