जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

१२ फाल्गुन २०८२, मंगलवार ०९:५३

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनी बिसनदेव मण्डल गन्गाईले ८ हजार कित्ता र निरज पोख्रेलले १२ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्।

संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरूलाई नै दिनु पर्ने प्रावधान भएकोले हाल सो शेयर खरीदका लागि कम्पनीले संस्थापक शेयरधनीलाई ३५ दिनको समयावधि दिएको छ। शेयर खरीद गर्न चाहने शेयरधनीले आफूले किन्न चाहेको शेयर संख्या समेत उल्लेख गरी मोरङको कटहरी–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आशयपत्र पेश गर्नु पर्नेछ।

सो अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा वा आंशिक शेयर खरीदका लागि मात्र निवेदन प्राप्त भएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*