अप्पर लोहोरे खोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

१२ फाल्गुन २०८२, मंगलवार ११:०३

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ५० लाख ९८ हजार ४० कित्ता शेयर बराबरको चुक्ता पुँजीको आधारमा १ः१.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका ७६ लाख ४७ हजार ६० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ, जसबाट कुल ७६ करोड ४७ लाख ६ हजार रुपैयाँ बराबरको रकम संकलन हुनेछ ।

हकप्रद शेयर निष्काशनसम्बन्धी कार्यका लागि अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट अख्तियारप्राप्त प्रमुख कार्यकारी अधिकृत सदिक्षा काकी र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत हालसम्म सामूहिक लगानी कोष र डिबेन्चरसहित २० वटा कम्पनीको धितोपत्र निष्काशन तथा ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन सम्पन्न गरिसकेको छ । यस सेवामार्फत हालसम्म १९ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रकम संकलन गराउन सफल भएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*