यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

१२ फाल्गुन २०८२, मंगलवार १८:३६

काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। निर्वाचनलक्षित सार्वजनिक बिदा, जेन–जी परिषद् गठनलगायत सात निर्णय सार्वजनिक भएका छन्।

के के छन् निर्णण ?

१. प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित चार मिलियन अमेरिकी डलरबराबरको नगद अनुदान सहायता स्वीकार गर्ने ।

२. चालू आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने ।

३. काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश डा। दिवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने ।

४. बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने ।

५. विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा निर्धारण गर्ने ।

६. प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा मिति २०८२ फागुन २० गतेदेखि २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने ।

७. जेन–जी परिषद् गठन गर्ने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*