समयमै काम नगर्ने ७ निर्माण कम्पनी कालोसूचीमा, १ वर्षसम्म ठेक्का प्रक्रियाबाट बाहिर

१३ फाल्गुन २०८२, बुधबार १०:३३

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै जिम्मेवारी पूरा नगर्ने सात निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा ती कम्पनीलाई कारबाही गरिएको जनाएको हो।

कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन २०६३को दफा ६३ को उपदफा (१) बमोजिम उक्त निर्णय गरिएको हो। सो कानुनी प्रावधानअनुसार ठेक्का सम्झौता अनुसारको काम सम्पन्न नगर्ने, सर्त उल्लंघन गर्ने वा जिम्मेवारीमा लापरबाही गर्ने आपूर्तिकर्ता तथा निर्माण व्यवसायीलाई निश्चित अवधिका लागि कालो सूचीमा राख्न सकिने व्यवस्था छ।

कारबाहीमा परेका कम्पनीहरूमा डाइमेन्सनल कन्स्ट्रक्सन, थ्री–स्टार कन्स्ट्रक्सन, चुरे कन्स्ट्रक्सन एण्ड सप्लायर्स, जगतिसिंह कन्स्ट्रक्सन सेवा, क्वालिटी सोलुसन कम्पनी, न्यू रोहित ट्रेडर्स एण्ड अर्डर सप्लायर्स तथा जिबी मेटल क्राफ्ट इण्डस्ट्रिज एण्ड सप्लायर्स रहेका छन्।

कार्यालयका अनुसार ती कम्पनीहरू अब ६ महिनादेखि १ वर्षसम्म कुनै पनि सार्वजनिक निकायले आह्वान गर्ने खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्। कालो सूचीको अवधिमा उनीहरूले नयाँ ठेक्का, आपूर्ति वा सेवा सम्बन्धी बोलपत्र प्रक्रियामा भाग लिन नपाउने स्पष्ट गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*