२५ सहसचिवको पदस्थापन अलपत्र, प्रशासनिक जिम्मेवारी पर्खाइमा

१३ फाल्गुन २०८२, बुधबार १३:५२

काठमाडौँ । बढुवा भइसकेको महिनौँ बित्दा पनि २५ जना सहसचिवको पदस्थापन अझै निर्णयविहीन अवस्थामा छ। खिम बहादुर कार्की नेतृत्वको सरकारले ३१ जना बढुवाभएका सहसचिवमध्ये केहीलाई जिल्ला–जिल्लामा सिडिओ र केहीलाई मन्त्रालयमा खटाइसकेको छ।

प्रशासनतर्फ तीन तथा इन्जिनियरिङ सेवा तर्फ पाँच सहसचिवलाई जिम्मेवारी दिइएको छ। त्यस्तै, दुई सहसचिवलाई गृह मन्त्रालयमा प्रमुख जिल्ला अधिकारीकै भूमिकामा खटाइएको छ। संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा रहेका महेन्द्र सापकोटा र शम्भु रेग्मी गृह मन्त्रालयमा कार्यरत छन् भने डमरुप्रसाद निरौलालाई जितपुर सिमरा उपमहानगरपालिकाको प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

तर बाँकी २५ सहसचिव अझै पदस्थापनको पर्खाइमा छन्। उनीहरूमध्ये केही खुला प्रतिस्पर्धाबाट, केही फाइल (पानी) बढुवाबाट पदोन्नति भएका हुन्। निर्वाचन आयोगबाट सहमति मिलिसक्दा पनि मन्त्रिपरिषद्को बैठक ढिलाइ हुँदा पदस्थापनसम्बन्धी निर्णय हुन सकेको छैन।

सामान्य प्रशासनका अनुसार खिम बहादुर कार्की, युवराज पाण्डे, लेखनाथ ज्ञवाली, एकनारायण शर्मा, राजन राई, बैकुण्ठ अर्याल, जनकराज भट्ट, महेश पराजुली, टेकनारायण पौडेल, झनक कुमार खत्री, सन्तोष कुमार दहाल, छविलाल रिजाल, नरेन्द्र कुमार राना, कृष्ण प्रसाद खनाल, सुकदेव प्रसाद बास्कोटा, हिरालाल चौधरी, प्रेम बहादुर दौत्याल, नारायण प्रसाद दाहाल, दीपक ज्ञवाली, डिजन भट्टराई, विजय राना, तीर्थराज राई, रेशमलाल कडेल र गोकुल बास्तोलालगायत सहसचिवले अझै जिम्मेवारी पाएका छैनन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*