बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको शेयर कति किनबेच ?
१३ फाल्गुन २०८२, बुधबार १५:०२

काठमाडौँ । शेयर बजारमा आज पनि सुधार देखिएको छ । बजारमा सुधारदेखि पनि कारोबार रकम भने सुस्त नै रहेको छ । लगातार तीन दिन बजार बढेपनि कारोबार रकम भने कमजोर बन्दै गएको हो ।
बुधबार आखुखोला जलविद्युतको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको २८ करोड ६९ लाख रुपैयाँको कारोबार भएको हो ।
साथै, न्यादी ग्रुप, एसवाई प्यानल, रिडि पावर र बन्दिपुर केवलकारको शेयर सर्वाधिक खरिदबिक्री भएको छ ।













