चुनावका लागि चीनबाट ५८ करोड अनुदान लिने, यस्ता छन् मन्त्रिपरिषद्का २५ निर्णय
१३ फाल्गुन २०८२, बुधबार १५:४७

काठमाडौं । सरकारले चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उपलब्ध गराइने प्रस्तावित ४ मिलियन अमेरिकी डलर (करिब ५८ करोड १६ लाख रुपैयाँ) बराबरको नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।
फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान स्वीकार गर्ने औपचारिक निर्णय गरेको हो । सरकारका अनुसार निर्वाचन व्यवस्थापन, आवश्यक सामग्री खरिद तथा प्राविधिक तयारीमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग प्रदान गरिनेछ ।
यसैगरी, मन्त्रिपरिषद्ले चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रमअनुसार बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।














